एनएमबि बैंक र एन–क्लाउडबीच सार्वजनिक यातायातहरूमा डिजिटल भुक्तानी सम्बन्धी सम्झौता

Advertisement

काठमाडौँ । एनएमबि बैंकले यातायात जगतमा डिजिटल भुक्तानी च्यानल प्रबद्र्घन गर्न एन–क्लाउड प्राइभेट लिमिटेडसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । 

उक्त सम्झौता पत्रमा एनएमबि बैंक प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र एन–क्लाउडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेन्द्रनारायण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।  

Advertisement

सम्झौताले सम्पर्क रहित कार्ड र पिओएस टर्मिनलहरूको माध्यमबाट सार्वजनिक यातायातहरूमा डिजिटल भुक्तानी संकलन प्रणाली लागु गर्नेछ । यस परियोजनाको शुरुवात किपु बस सेवा प्रालिसँग हुनेछ । जहाँ यात्रुहरूले बस भाडा कार्डको प्रयोग गरी सम्पर्क रहित भुक्तानी गर्न सक्नेछन् । 

कोभिड–१९ को प्रतिकुल परिस्थिति र अपनाउनु पर्ने सुरक्षा उपायहरूको माझमा गरिएको यो सम्झौता सामाजिक दूरी कायम गर्न मद्दत पु¥याउन यातायात क्षेत्रमा यस परिवेशमा प्रदान गरिएकोे पहिलो प्रयास हो । यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनको तर्फ केन्द्रित रही नगदबाट नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख छ ।

बैंकले चाँडै नै अन्य बस समितिसँग समझदारी गरी समानान्तर बस भाडा संकलन प्रणालीको लागी अन्य बस अपरेटरहरूसँग पनि सहकार्य शुरू गर्ने उद्देश्य लिएको छ ।

Advertisement

Advertisement