दश वर्षमा ४५ अर्ब डलरको सम्पति डुबाए अनिल अम्बानीले, बैंकले कब्जा गर्यो रिलायन्स

Advertisement

काठमाडौं । २ हजार ८ सय ९२ करोड भारु ऋण चुक्ता नगरेपछि यस बैंकले अनिल अम्बानीको मुख्यालय कब्जा गरेको छ । बैंकले पत्रिकामा सूचना जारी गरेर अनिल अम्बानीको रिलायन्स इन्फ्रास्ट्रक्चरलाई ऋण चुक्ता नगरेका कारण दक्षिण मुम्बईस्थित उनको दुई फ्ल्याट कम्जामा लिएको बताएको छ । अनिल धीरुभाई अम्बानी समुह(एडीएजी)का अधिकांश कम्पनी मुम्बईको शान्ताक्रुज कार्यालयबाट सञ्चालित हुन्छन् । यद्यपी पछिल्ला केहि वर्षदेखि कम्पनीको वित्तिय स्थिति ज्यादै खराब भैरहेको छ । केहि कम्पनीहरु धरासायी नै भैसकेका छन् भने केहिले आफ्नो हिस्सा नै बेचिसकेका छन् । 

यस बैंकका अनुसार अनिल अम्बानीलाई ६ मे २०२० मा सूचना दिइएको थियो । ६० दिनको सूचना अनुसार कर्जा चुक्ता नगरेपछि २२ जुलाईका दिन सम्पति कब्जा गरेको हो । अनिल अम्बानीको २१ ह्जार ४ सय ३२ वर्ग मिटरमा निर्माण भएको मुख्यालयको ऋण चुक्ता गर्नुपर्ने थियो । पारिवारिक सम्पति बाडफाँटका क्रममा अनिल अम्बानीले पाएको सम्पतिको राम्रो परिचालन गर्न सकेनन् । 

राफाल बनाउने फ्रान्सेली कम्पनी डसाँ एभियसनले अनिल अम्बानीको स्वामित्ववाला रिलायन्स एरोस्ट्रक्चर लिमिटेडलाई आफ्नो प्रतिनिधी बनाएको थियो । कुनै बेला दुनियाँको छैठौं धनाढ्य रहेका ६१ वर्षिय अनिल अम्बानीले यहि वर्षको फेब्रअरीमा भनेका थिए की उनको नेटवर्थ शुन्य भएको छ । एक समय यस्तो थियो मुकेश र अनिलबीच आफ्ना बुवा धिरुभाई अम्बानीको असली उत्तराधिकारी को बन्ने भन्ने प्रतिष्पर्धा हुन्थ्यो । अब अनिल आफ्ना ठुल्दाई मुकेश भन्दा धेरैपछि परिसकेका छन् । चामत्कारीक रुपमा उत्थान गर्न नसक्ने हो भने अनिललाई भारतीय कर्पाेरट इतिहासमा सबै भन्दा असफल व्यवसायी मनिनेछ । जसले एक दशकमा ४५ अर्ब डलरको सम्पति डुबाए । 

मुकेश र अनिल दाजुभाईका बीचमा सुरु भएको कर्पाेरेट वार नै अनिलको दुर्दशाको कारक रहेको बताइन्छ । दुई भाइले दुई खेमामा उभिएर एक अर्का विरुद्ध कर्पाेरेट वार चलाएका थिए । विस्तारै मुकेशले मिडिया र राजनीतिक शक्ति सन्तुलन मिलाउन सफल भए । अनिलले त्यस्तो व्यवस्थापन गर्न सकेनन र उनको ओरालो यात्रा आरम्भ भयो । 
सन १९८० देखि १९९० को बीचमा धिरुभाई रिलायन्स ग्रुपका लागि बजारबाट धमाधम पैसा उठाउँथे । उनको सेयरको मूल्य सधै राम्रा रह्यो र लगानीकर्ताको विश्वा पनि बढ्दै गएको थियो । मुकेश अम्बानीले पछिल्लो दशक कम्पनीको मुनाफालाई व्यापक विस्तार गरे । 

तर अर्का तिर सन २०१० मा ग्यास काण्डमा सुप्रिम कोर्टको फैसला अनिल अम्बानीको पक्षमा नआउनु र रिलायन्स पावरको सेयर मूल्यमा भारी गिरावट आउनु नै अनिलका लागि ओरालो यात्राको आरम्भ बन्यो । यस्तो अवस्थामा अनिल अम्बानीले स्वदेशी तथा विदेशी कम्पनीबाट ऋण लिनुको विकल्प देखेनन् । पछिल्लो दशकमा जहाँ ठुलो दाई मुकेश अम्बानी कारोबारमा अघि बढ्दै गए भने भाई अनिलको कम्पनीमाथी ऋणको भार बढ्दै गयो । फोर्ब्सका अनुसार पछिल्लो १० वर्षमा मुकेश अम्बानी भारतको सबै भन्दा धनी व्यक्ति हुन् । 

Advertisement

Advertisement

Advertisement