कतार सरकारले समस्यामा परेका नेपाली कामदारका लागि दियो २२५० राहत कुपन

Advertisement

काठमाडौं । कतार सरकारको संस्था कतार च्यारिटिले कोरोना (कोभिड १९) महामारीका कारण समस्यामा परेका नेपाली कामदारहरुका लागि दुई हजार २५० राहत कुपन उपलब्ध गराएको छ । 

गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले विश्वब्यापी रुपमा देखापरेको करोना भाइरस नियन्त्रणका क्रममा कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान व्यवहार गर्दै आएको बताउँदै नेपालीहरुलाई परेको समस्या समाधानका लागि कतार सरकारबाट राहत कुपनहरु प्राप्त गरेको जानकारी दिए । 

Advertisement

कोरोनाबाट सतर्कता तथा सावधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केही नेपाली दाजुभाई तथा दीदी बहिनीहरूलाई देखापरेका समस्याहरुलाई समाधानका निम्ति गैरआवासीय नेपाली संघ कतारको समन्वयमा कतार सरकारको प्रराष्ट्र मन्त्रालय, प्रशासनिक विकास श्रम र सामाजिक मामिला मन्त्रालय, क़तार सरकारको गृह मन्त्रालयद्वारा क़तार च्यारिटिमार्फ़त शुक्रबार दुई हजार २५० श्रमिकहरुको लाग खाद्यान्नको राहत प्याकेजको लागि कुपन प्राप्त गरिएको मुसलमानले बताए । 

संघले यसअघि विभिन्न चरणमा समस्यामा परेका नेपालीहरुलाई राहत वितरण गर्दै आएको थियो । 

Advertisement

Advertisement