इन्धनको मूल्य फेरि बढ्यो

Advertisement

काठमाडौं । नेपाल आयल निमगले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपियाँका दरले मूल्य बढाएको हो । 

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै निगमले यहाँ पनि पेट्रोल, डिजेल र मटितेलमा मूल्यवृद्धि गरेको छ । निगमले यसअघि पनि पटक पटक मूल्य बढाइसकेको छ । निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ । 

Advertisement

मूल्य समायोजनपछि  निगमलाई पेट्रोलमा १ रुपियाँ २३ पैसा र डिजेलमा १ रुपियाँ १५ पैसा नोक्सान कायमै रहने उनको दावी छ । मूल्य समायोजनपछि पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १ सय ४, डिजेल ९० र मटितेल ९० रुपियाँ पर्नेछ । हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत नै राखिएको छ । 

Advertisement

Advertisement