एक्लाएक्लै भेट्दा कुरा नमिलेपछि प्रचण्डले आज झलनाथलाई राखेर ओलीसँग वार्तामा बसे

Advertisement

काठमाडौं । पटक पटक एक्लाएक्लै वार्तामा बस्दा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली टसको मस नभएपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार अर्का नेता झलनाथ खनाललाई साक्षी राखेर बार्तामा बसेका छन् । 

निकै कसरत गर्दा पनि ओली सहमतिमा नआएपछि ओली–प्रचण्डको म्याराथन वार्ता केही दिनदेखि रोकिएको थियो । आज पुनः बसेको वार्तामा पूर्वप्रधानमन्त्रीसमेत भइसकेको नेकपाका नेता झलनाथ साक्षी बसेका छन् । झलनाथ अहिले प्रचण्डको समूहमा छन् । त्यस्तै ओलीको तर्फबाट सो पार्टीका महासचिव बिष्णु पौडेल सहभागी छन् ।   

Advertisement

प्रचण्डले एक्लै ओलीसँग छलफलमा नबस्ने भनेपछि झलनाथ र पौडेललाई राखिएको हो । 

Advertisement

Advertisement