शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको पूँजी संरचना राष्ट्र बैंकबाट स्वीकृत

Advertisement

काठमाडौँ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ११ औँ वार्षिक साधारण सभाबाट पारित भए बमोजिम चुक्ता पूँजीको ४ः१(चार शेयर बराबर एक शेयर) हकप्रद शेयर निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ । 

बैंकको साधारण सभाबाट पारित विशेष प्रस्ताव अनुसार प्रबन्धपत्र संसोधनका लागि नेपाल राष्ट्र बैंकमा पेश गरिएको साउन १६ गतेको पत्र मार्फत स्वीकृत भएको प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव प्रकाश पौडेलले जनाएका छन् । 

Advertisement

बैंकको जारी पूँजी ३ अर्ब १ करोड ६३ लाख ३९ हजार ७ सय ४२ रुपियाँ ४९ पैसा हुने र सो पुँजीलाई प्रतिशेयर रु. १००/–का दरले ३ करोड १ लाख ६३ हजार ३ सय ९७ दशमल चार दुई थान साधारण शेयरमा विभाजन गर्न स्वीकृत प्राप्त भएको कम्पनी सचिव पौडेलले जनाए । 

बैंकको चुक्ता पूँजी ३ अर्ब १ करोड ६३ लाख ३९ हजार ७ सय ४२ रुपियाँ ४९ पैसा हुने, संस्थापक शेयर समूहको स्वामित्त ५४.८५ प्रतिशत हुने र सर्वसाधारण शेयर समूहको शेयर स्वामित्व ४५.१५ प्रतिशत हुने प्रस्तावित व्यवस्था समेत राष्ट्र बैंकबाट स्वीकृत भएको जनाइएको छ । 

 
 

Advertisement

Advertisement