एनआरएन इन्फ्रस्टक्चरको आईपीओमा दोब्बर बढी आवेदन, २१ गतेसम्म दिन पाइने

Advertisement

काठमाडौँ । एनआरएन इन्फ्रस्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको खुला गरेको साधारण शेयर(आईपीओ)मा माग भन्दा दोब्बर बढी आवेदन परेको छ ।

धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आज साँझ ५ बजेसम्म १ लाख ९० हजार ७५ जनाले ७५ लाख ३२ हजार ४८० कित्तामा आवेदन दिएका छन् । 

Advertisement

प्रति कित्ता १०० रुपैयाँ दरले ३१ लाख ६० हजार १८३ कित्ता आईपीओ शुक्रबारदेखि खुला गरेको हो । उक्त कम्पनीको आईपीओ साउन २१ गतेसम्म भर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सक्ने सानिमा क्यापिटलले जनाएको छ । 

तलको लिंकमा पनि क्लिक गर्नुहोस्

एनआरएन इन्फ्रास्टक्चरको आईपीओ आजदेखि, कहिलेसम्म भर्न पाइन्छ ?

Advertisement

Advertisement