टिकटकलाई माइक्रोसफ्टले किन्ने, बेच्न चिनियाँ कम्पनी तयार

Advertisement


काठमाडौं । टिकटकलाई अमेरिकी कम्पनी माइक्रोसफ्टले किन्ने भएको छ । रोयटर्सका अनुसार अमेरिकी कम्पनी माइक्रोसफ्ट र टिकटकको स्वामित्ववाला चिनियाँ कम्पनबीच टिकटक किनबेचबारे छलफल अघि बढिसकेको छ । अमेरिकामा टिकटकको बिजनेश पुरै बेच्न चिनियाँ कम्पनी बाइटडान्सले सहमति जनाईसकेको छ । यसअघिसम्म भने बाइटडान्सले अमेरिकामा टिकटकको केहि स्वामित्व आफैंसँग राख्न चाहेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमा प्रतिबन्ध लगाउने चेतावनी दिएपछि बाइटडान्सले सेयर बेच्न तयार भएको जनाएको हो । 

यद्यपी ट्रम्पले टिकटकको स्वामित्व माइक्रोसफ्टले किन्ने छलफलमाथी पनि आपक्ति जनाएका छन् । ट्रम्पले टिकटकलाई अमेरिकामा पूर्णतः प्रतिबन्ध लगाउनुपर्ने धारणा अघि सारेका छन् । माइक्रोसफ्टले भने ट्रम्पको भनाईले आश्चर्यमा पारेको बताउँदै टिकटक किन्नेबारे छलफल अघि बढिसकेको बताएको छ ।अमेरिका र भारतमा मात्रै टिकटकका मासिक प्रयोगकर्ता ८० करोड भन्दा बढी रहेका छन् । भारतले टिकटकमा प्रतिवन्ध लगाईसकेको छ । आफ्ना नागरिकको सूचना लिएर चीन सरकारलाई बेचेको भन्दै ट्रम्पले प्रतिबन्ध लगाउने चेतावनी दिँदै आएका छन् । 

अमेरिकामा टिकटकको जनरल मेनेजर बेनेसा पापाजले  टिकटक प्रति नागरिकको समर्थन रहेको बताएकी छिन् ।  उनले टिकटकले अमेरिका छोडेर कहिँ जाने सोँच नबनाएको र तथ्यांक सुरक्षाको मामलामा कम्पनीले जिम्मेवारी पूर्वक काम गरिरहेको दावी पनि गरेकी छिन् । उनले टिकटक अमेरिकामा लामो समयसम्म रहने गरि आएकाले सुरक्षा सम्वेदनशिलतामा प्रतिवद्ध रहेको पनि बताएकी छिन् । टिकटकको निर्माता कम्पनी बाइटडान्सको मुख्यालय चीनको बेईजिङमा रहेको छ । 

टिकटक र चीनको सम्बन्ध 
वास्तवमा टिकटक तीन अलग एप्सका रुपमा बजारमा आएको थियो ।  सन २०१४ मा यो अमेरिकी एपका रुपमा बजारमा आएको थियो, जसको नाम म्युजिकल्ली राखियो । त्यसपछि सन २०१६ मा चीनको टेक महारथी कम्पनी बाइटडान्सले ठिक त्यस्तै एप सार्वजनिक गर्यो जसको नाम थियोः डाँयिन । बाइटडान्स संसारभर फैलिन सुरु भयो तर एक फरक नाम टिकटकबाट । सन २०१८ मा बाइटडान्सले म्युजिकल्ली किन्यो र उसलाई आफ्नो टिकटकको हिस्सा बनाउँदै विस्तार गर्यो ।

बाइटडान्सले विस्तारै आफ्नो एपलाई चिनियाँ अधिकारबाट टाढा लैजाने प्रयास गरिरहेको छ । त्यसकै लागि कम्पनीले डिज्नीको पूर्व कार्यकारी रहेका केविन मेयरलाई टिकटकको कार्यकारी प्रमुख नियुक्त गरेको थियो । सन २०१९ पछि टिकटक नै सबै भन्दा धेरै डाउनलोड हुने एपका रुपमा स्थापित छ । 

Advertisement

Advertisement

Advertisement