नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा ८४ करोड, ८ अर्बको आइपीओ यसैपाली

Advertisement

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८४ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको गत आवको अपरिस्कृत वित्तिय विवरण अनुसार वितरण योग्य नाफा ८४ करोड ७१ लाख रुपैयाँ पुगेको हो । २०७५।७६ मा त्यस्तो नाफा ६७ करोड रुपैयाँ थियो । 

आइपीओ निष्काशनको प्रतिक्षामा रहेको बैंकको प्रति सेयर आम्दानी ७.०६ रुपैयाँ रहेको छ । बैंकको कष्ट अफ फण्ड ९.४० प्रतिशत रहेको छ । बैंकले १ अर्ब २३ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्दा १ अर्ब १० करोड १६ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । बैंकले २५ करोड निक्षेप सङ्कलन गरी ५७ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।   
१२ अर्ब चुक्ता पुँजी रहेको बैंकले नेपालको इतिहासमै सबै भन्दा ठूलो अर्थात ८ अर्ब रुपैयाँको आइपीओ निष्काशन गर्दैछ । चालु आर्थिक वर्षभित्रै आइपीओ निष्कशनको तयारी गरिरहेको बैंक यतिबेला धितोपत्र बोर्डबाट अनुमतिको प्रतिक्षामा रहेको छ । 
 

Advertisement

Advertisement

Advertisement