पैंसठ्ठी हजार घुस खाने इटहरी उपमहानगरका लेखाअधिकृत बिरुद्ध मुद्दा दर्ता

Advertisement

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ६५ हजार घुस लिएको अभियोगमा इटहरी उपमहानगरपालिका सुनसरीका लेखा अधिकृत विकास पोखरेल विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

उपमहारनगरपालिकाको शिक्षा शाखाले कक्षा ८ को परीक्षा सञ्चालनमा भएको खर्चको फरफारक गरी भुक्तानी दिने क्रममा पोखरेलले सेवाग्राहीसँग घुस माग गरेको आरोप लागेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी पोखरेल विरुद्ध बिगो अनुसारको कारवाहीको माग दाबी गरिएको छ । 

Advertisement

Advertisement

Advertisement