सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजको बजार भाउ ?

Advertisement

काठमाडौँ । केही दिनदेखि लगातार बृद्धी भइरहेको सुनचाँदीको मूल्य आज भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजपनि हिजोकै मूल्यमा सुनचाँदी किनबेच भइरहेको छ । 

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार ६ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९९ हजार १ सय ६० रुपियाँ र चाँदी प्रतितोला एक हजार २ सय ३० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

हिजो पनि छापावाल सुन प्रतितोला ९९ हजार ६ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९९ हजार १ सय ६० रुपियाँ र चाँदी प्रतितोला एक हजार २ सय ३० रुपियाँमा किनबेच भएको थियो । 

Advertisement

Advertisement