सजिलो मिल्सको अनलाईन फुड डेलिभरी भोलिदेखि, अब तयारी खाना घरघरमै

Advertisement

काठमाडौँ । सजिलो मिल्स प्रालिले भोलि मंगलबारदेखि अनलाईन फुड डेलिभरी सेवा प्रारम्भ गर्ने भएको छ । व्यक्तिले चाहे अनुसारको तयारी खाना घरघरमा पुर्याउने उद्देश्यले सेवा प्रारम्भ गर्न लागेको सजिलो मिल्सका सञ्चालक तथा को–फाउण्डर रमेशकुमार भट्टराईले बताए । 

कम्पनीले पहिलो चरणमा काठमाडौँ भित्र सञ्चालमा रहेका रेष्टुरेन्टहरुमा तयार खानाहरु ग्राहकको स्वाद, इच्छा र रोजाई अनुसार अर्डर गरेको १ घण्टामा घरघरमा पुर्याउने लक्ष्य राखेको छ । यसका लागि हालसम्म ३५ वटा रेष्टुरेन्टसँग सम्झौता गरिसकेको सञ्चालक भट्टराईले बताए । 

Advertisement

दोश्रो चरणमा घरमा तयार हुने सस्तो, गुणस्तरीय र घरेलु स्वादको खाना कार्यालय र कर्पोरेट हाउसमा पुर्याउने योजना छ । घरमा तयार हुने खानाको लागि उपत्यका भित्र पाँच–पाँच जना महिलाको समूह बनाई पच्चीस स्थानमा खाना बनाउने केन्द्र पब्लिक प्राइभेट पार्टनरसिपमा तयार गरिनेछ । उनीहरुलाई आवश्यक सामग्री, तालिम र अरु सुबिधा उपलब्ध गराएर रोजगारी सिर्जना गरिनेछ र घरको काम सकेपछि फुर्सदमा रहने महिला जनशक्तिलाई सक्रिय र उत्पादनशील बनाउने सञ्चालक भट्टराईले बताए । 

अष्लेलिया र क्यानडाबाट फर्केका चार्टर्ड एकाउन्टेन्ट रविराज भट्टराई र इकमर्श विशेषज्ञ डा. सुनिलसिंह सिंजापति, लण्डनमा व्यवसाय गरी फर्केका होटल व्यवसायी विष्णुबहादुर कार्की र बैंकर/बीमा व्यवसायी रमेशकुमार भट्टराईको संयुक्त लगानी रहेको सजिलो मिल्सले उपत्यकावासीको मन जितेर रोजगारी सिर्जनाको साथै गुणस्तरीय कारोबार बिस्तार गर्दै जाने उल्लेख गरेको छ ।

 
 

Advertisement

Advertisement