रेनिङ क्यासः झरीको मौसममा सामसङ ग्यालेक्सी एस२० र एस२० प्लसमा विशेष अफर

Advertisement

काठमाडौं । लोकप्रिय स्मार्ट फोन सामसङले झरीको मौसममा ग्यालेक्सी एस२० र एस२० प्लसमा आकर्षक क्यासब्याक अफर ल्याएको छ । जसअनुसार ग्लोक्सी एस२० प्लस खरीदमा २२ हजार र एस२० खरीदमा १९ हजार क्यासब्याक प्राप्त हुने सामसङ नेपालले जनाएको छ । 

उक्त अफरपछि ग्लोक्सी एस२०को मूल्य ९४ हजार ९९९ छ भने एस२० प्लसको मूल्य एक लाख चार हजार ९९९ रुपियाँ कायम भएको छ । यसअघि ग्यालेक्सी २० प्लसको मूल्य एक लाख २६ हजार ९९९ र एस२० को मूल्य एक लाख  १३ हजार ९९९ रुपियाँ थियो । यो अफर सीमित अवधिका लागि मात्रै लागू हुने जनाइएको छ । 
 

Advertisement

Advertisement

Advertisement