प्रभु बैंकको २ अर्ब रुपियाँको डिबेन्चर आजदेखी बिक्री खुला, कति कित्ता भर्न पाइन्छ ?

Advertisement

काठमाडौँ । प्रभु बैंकले २ अर्ब रुपियाँको डिबेन्चर(ऋणपत्र) बिक्री आजदेखी खुला गरेको छ । 

बैंकले ८ वर्ष अवधि तथा वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘प्रभु बैंक डिबेन्चर २०८४’ बिक्री खुला गरेको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ ।

Advertisement

साउन १९ गते बिक्री खुल्ला भई छिटोमा साउन २३ गते र ढिलोमा भदौ १ गते निष्काशन बन्द हुने छ । रु. १ हजार अंकित मूल्यको न्यूनतम २५ कित्ता र अधिकतम ३ लाख कित्तासम्मको लागि दरखास्त दिन सकिने नबिल इन्भेष्टमेन्टले जनाएको छ ।

आठ वर्ष अवधि तथा वार्षिक १० प्रतिशत ब्याजदर भएको प्रतिडिबेन्चर रु. १ हजार मूल्यका २० लाख कित्ता डिबेन्चर हुन आउने कूल २ अर्ब मध्ये ८ लाख कित्ता डिबेन्चर कूल ८० करोड ऋणपूँजी रकम (५ प्रतिशत सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको ।) र बाँकी ७ लाख ६० हजार कित्ता डिबेन्चर अर्थात रु. ७६ करोड ऋणपूँजी सर्वसाधारण नेपालीको लागि निष्काशनबाट बिक्री गरिने तथा १२ लाख कित्ता डिबेन्चरले हुन आउने कूल रु. १ अर्ब २० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति वा संघसंस्थाहरुलाई व्यक्तितग तवरबाट बिक्री गर्ने नबिल इन्भेष्टमेन्टले जनाएको छ । 

Advertisement

Advertisement