सम्हालियो शेयर बजार, प्रभु बैंकको ३४ करोड २९ लाख रुपियाँ बराबरको संस्थापक शेयर किनबेच

Advertisement

काठमाडौँ । साताको पहिलो दिन हिजो पहिरो गएको शेयर बजार आज भने थामिएको छ । हिजो ४२.७८ अंकले घटेको शेयर बजार आज भने ७.५९ अंकले बढेको छ । ०.५४ प्रतिशतले बढ्दा परिसूचक १४०३.८६ अंकमा पुगेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज १९० कम्पनीका ५३ लाख ४२ हजार ८ सय ५१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २९ करोड २ लाख ५२ हजार २ सय १३ रुपियाँ बराबरको कारोबार भएको छ । 

Advertisement

आज जलविद्युत, वित्त र म्युचुअल फण्ड बाहेक अरु समूहमा हरियाली छायो । शेयर धेरै किनबेच हुने १० कम्पनीमा आज ९ वटा बैंक र वित्तीय संस्थाले स्थान जमाए । 

आज प्रभु बैंकको संस्थापक शेयर सबैभन्दा बढी किनबेच भयो । नेप्सेका अनुसार प्रभुको ३४ करोड २९ लाख ६० हजार ५ सय रुपियाँको संस्थापक शेयर किनबेच भएको छ । 

त्यसैगरी सबैभन्दा बढी शेयर किनबेच हुने कम्पनीहरुमा क्रमशः नेपाल पुनर्बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एशिया बैंक, एनएमबी बैंक, नबिल बैंक, एभरेस्ट बैंक, एनआईसी एशिया लघुवित्त, नेपाल बैंक र हिमालयन डिस्ट्रिलरीले स्थान जनाए । 

Advertisement

Advertisement