सञ्चय कोषबाट लिएको कर्जा अब कनेक्ट आईपीएसबाट तिर्न सकिने

Advertisement

काठमाडौँ । कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताले लिएका सबै कर्जा तथा सापटीको साँवा तथा ब्याज कनेक्ट आईपीएस मार्फत जम्मा गर्न सक्ने व्यवस्थाको शुरुवात गरेको छ । 

कोषको केन्द्रीय कार्यालय पुल्चोकमा आज आयोजित कार्यक्रममा कोषका प्रशासक तुलसीप्रसाद गौतमले उक्त कार्यक्रमको शुरुवात गरेका हुन् ।  सञ्चयकर्ताहरुले आफ्नो खाता रहेको जुनसुकै बैंकहरुबाट कनेक्ट आईपीएस मार्पmत विशेष सापटी तथा अन्य कर्जाको साँवा तथा ब्याज रकम जम्मा गर्न सक्नेछन् ।  

Advertisement

कोषले अनलाईन प्रणाली मार्फत सापटी लिन र तिर्न सक्ने व्यवस्था गरेसँगै कोषका सञ्चयकर्ताले प्रविधि मार्फत कारोबार गर्न सक्ने अवस्था सृजना भएको छ । यसले विश्वमा फैलिरहेको कोभिड–१९ को संक्रमणको महामारीको विषंम परिस्थितिमा समेत कोषको सेवा प्रवाह सहज हुने विश्वास लिइएको छ । 

कोषले शुरु गरेको अनलाईन सापटी फिर्ता भुक्तानी प्रणालीमा सञ्चयकर्ताले बैंकमा उपस्थित भएर वा आफु रहेकै स्थानबाट कारोबार गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसका लागि सञ्चयकर्ताले आफ्नो बैंक खातामा कनेक्ट आईपीएस सुविधा लिएको हुनुपर्ने र कोषको केवाईसी गरेको हुनु पर्नेछ । हाललाई ५ हजार रुपियाँदेखि १० लाख रुपियाँसम्म सापटी तिर्न सक्ने गरी कारोवारको सीमा कायम गरिएको छ ।
 

Advertisement

Advertisement