अझै साढे दुई बर्ष सत्ता नछोड्ने ओलीको अठोट, गोकुल बास्कोटाले गरे बालकोटमा स्वागत

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफू अझै साढे दुई बर्ष सत्तामै रहने बताएका छन् । जनैपूर्णिमा (रक्षाबन्धन)का दिन सोमबार भक्तपुर बालकोटस्थित आफ्नो निजी निवास निवास पुगेका ओलीले साढे दुई बर्षपछि आफू बालकोट सर्ने बताएका हुन् । 

आफ्नो पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेपछि प्रफुल्ल मुद्रामा बिहान बालकोट पुगेका उनलाई पूर्वमन्त्री गोकुल बास्कोटाले स्वागत गरेका थिए । बास्कोटा ओलीकै निवासमा बस्दै आएका छन् । 

Advertisement

पत्नी राधिका शाक्यलाई पनि सँगै लिएर आएका ओलीलाई बास्कोटाले कहिलेदेखि बालकोटमा स्थायीरुपमा बस्न आउनुहुन्छ ? भनेर सोध्दा ओलीले अढाई वर्षपछि मात्रै आउने जवाफ दिएका थिए । लामो समयपछि आफ्नो निजी निवास पुगेका ओलीले स्थानीय पार्टी प्रतिनिधिहरुलाई पनि भेटेका थिए । 

सरकारले गरेका कामहरुको लामो प्रगति सुनाएका ओलीले कोरोना नियन्त्रणमा भइरहेका प्रयासहरुबारे पनि जानकारी गराएका थिए ।

Advertisement

Advertisement