भिआइपीहरु धमाधम संक्रमित भएपछि लकडाउनको तयारी, अर्थतन्त्र जोगाउने उपाय खोजिँदै

Advertisement

काठमाडौं । भिआइपीहरुमा धमाधम कोरोना संक्रमण देखिएपछि सरकारले पुनः लकडाउनको तयारी थालेको छ । महानगरपालिकाका मेयरदेखि सांसद हुँदै मुख्यमन्त्री कार्यालयका कर्मचारी हुँदै सेना, प्रहरीहरुमा कोरोना देखिएपछि सरकारले लकडाउनको तयारी अघि बढाएको हो । काठमाडौं, बिरगञ्ज, बिराटनगर, नेपालगञ्ज, पोखरा लगायतका ठुला शहरहरु कोरोनाको हटस्पटका रुपमा देखिएका छन् । 

लक्षणसहितको संक्रमण र समुदायमा फैलिन थालेपछि सरकारले पुनः लकडाउन लगाउनेबारे छलफल थालेको हो । कसरी लकडाउन गर्ने भन्नेबारे प्रधानमन्त्री ओलीले मंगलबार विज्ञहरुसँग छलफल गर्दैछन् । छलफलबाट प्राप्त सुझावका आधारमा लकडाउन हुने बताइन्छ । कोरोनाको संक्रमण र मृत्युको आँकडा निरन्तर बढ्न थालेपछि स्वास्थ्य मन्त्री भानुभक्त ढकालले नै भयावह अवस्था आउने चेतावनी दिईसकेका छन् । 

सोमबारको मन्त्रीपरिषद बैठकमा पनि प्रधानमन्त्री ओलीले कोरोना संक्रमण कम गर्ने विकल्पबारे जिज्ञासा राखेका थिए । उनले लकडाउन कुन मोडलमा गर्ने र आर्थिक गतिबिधीलाई कसरी सूचारु गर्न सकिन्छ भन्नेबारे पनि ठोस योजना मागेको श्रोतले बतायो ।

Advertisement

Advertisement

Advertisement