पुनर्बीमा कम्पनीको नाफा ९१ करोड ६० लाख, लाभांश कति आउला ?

Advertisement

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको  तेश्रो त्रैमासिकमा २०७६।७७ मा ९१ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको तेश्रो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार जीवन बीमा व्यवसायबाट ९ करोड १० लाख र निर्जीवन बीमा व्यवसायबाट ८२ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको हो । ८ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको २ अर्ब ७९ करोड र बीमा कोषमा एक अर्ब ४७ करोड रुपैयाँ रहेको छ । 

कम्पनीले निर्जीवन बीमा व्यवसायबाट ४ अर्ब ६२ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ भने जीवन बीमा व्यवसायबाट ३१ करोड २२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षमा एक अर्ब ७४ करोड रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीले २५ करोड रुपैयाँ लगानी पनि गरिसकेको छ । 

कम्पनीले चालु गत आर्थिक वर्ष २०ठछ।७६ को आम्दानीबाट लगानीकर्तालाई लाभांश नदिने बताईसकेको छ । तेश्रो त्रैमासिकको वित्तिय विवरणपछि अब कम्पनीले चौथो त्रैमासिकको विवरण सार्वजनिक गर्नेछ । त्यसपछि बिमांकिय मूल्यांकनसहितको वित्तिय विवरण पास गरेर नियामक निकायले स्वीकृति दिएको खण्डमा कम्पनीले यहि आम्दानीका आधारमा लाभांश दिन सक्नेछ । बीमांकिय मूल्याकनका क्रममा कम्पनीको आम्दानीमा केहि थपघट पनि हुन सक्ने छ । 

Advertisement

Advertisement

Advertisement