सुन आज पनि प्रतितोला २ सय रुपियाँ बढ्यो, तोलाको लाख पुग्नै लाग्यो

Advertisement

काठमाडौँ । केही दिनदेखि सुनचाँदीको मूल्य लगातार बृद्धि भइरहेको छ । यसैक्रममा आजपनि प्रतितोला २ सय रुपियाँ बढेर कारोबार भइरहेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ ।

हिजो भने सुनचाँदी दुबैको मूल्य स्थिर रहेको थियो । आइतबार र सोमबार एकै मूल्यमा सुनचाँदी किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

Advertisement

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९९ हजार ३ सय ७५ रुपियाँ र चाँदी प्रतितोला एक हजार २ सय ३० रुपियाँमा कारोबार भइरहेको छ । 

आइतबार र सोमबार एकै मूल्य अर्थात छापावाल सुन प्रतितोला ९९ हजार ६ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९९ हजार १ सय ६० रुपियाँ र चाँदी प्रतितोला एक हजार २ सय ३० रुपियाँमा किनबेच भएको थियो ।  

Advertisement

Advertisement