Advertisement

काठमाडौं । चिनियाँ एप टिकटकप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सकारात्मक बनेका छन् । माइक्रोसफ्टकी सिइओ सत्या नडेलासँगको भेटपछि टिकटक प्रति ट्रम्प सकारात्मक बनेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । ट्रम्पले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । उनले टिकटक किन्ने माइक्रोसफ्टको घोषणा प्रति पनि आपक्ति जनाएका थिए । टिकटकले अमेरिकीहरुको सूचना चिनलाई बेचिरहेको आरोप ट्रम्पले लगाउँदै आएका छन् । 

माइक्रोसफ्टकी सिइओ नडेलाले राष्ट्रपति ट्रम्पसँग भेट गरेर टिकटक खरिद सम्बन्धी छलफल र सुरक्षा सम्बन्धी चिन्ताबारे कुरा गरेकी थिइन् । माइक्रोसफ्टले एपको सुरक्षा सम्बन्धी बिषयमा आफुहरुले समिक्षा गर्ने बताएको छ । साथै टिकटक खरिद गर्दा अमेरिकी अर्थतन्त्रमा पर्ने सकारात्मक प्रभावबारे पनि सोच्नुपर्ने माइक्रोसफ्टले बताएको छ । नडेलालले ट्रम्पलाई टिकटकको सेयर खरिद गरेपछि अमेरिकाले पाउने आर्थिक लाभबारे विस्तृत जानकारी दिएको पनि बताएको छ । 

माइक्रोसफ्टले १५ डिसेम्बरसम्ममा टिकटक किनिसक्ने बताएको छ । माइक्रोसफ्टले अमेरिका, क्यानाडा, अष्ट्रेलिया र न्युजील्याण्डमा टिकटकको सेयर खरिद गर्न चाहेको स्पष्ट पारेको छ । माइक्रोसफ्टले अन्य अमेरिकी लगानीकर्ताहरुलाई पनि यसमा लगानी गर्न दिने बताएको छ । उसले टिकटक प्रयोग गर्ने अमेरिकीहरुको तथ्यांक अमेरिकामै सुरक्षित राखिने पनि स्पष्ट पारेको छ । 

सन २०१७ मा चिनियाँ कम्पनी बाइटडान्सले टिकटक सार्वजनिक गरेको थियो । हालसम्म संसारभर टिकटकका ५० करोड प्रयोगकर्ता रहेका छन् । तिमध्ये करिब ८ करोड प्रयोगकर्ता अमेरिकी नै रहेको बताइन्छ । अमेरिका, युरोप र भारतमा टिकटकका प्रयोगकर्ता व्यापक रहेका छन् । बिशेषगरि २० वर्ष मुनीका युवाहरुमा टिकटक अत्याधिक लोकप्रिय रहेको छ । अमेरिकामा टिकटकको व्यापार १५ देखि ३० बिलियन डलरको रहेको अनुमान गरिएको छ । 

टिकटकको प्रतिक्रिया
फाइनान्सियल टाइम्सका अनुसार माइक्रोसफ्टसँगको छलफलबारे केहि बोलेको छैन् । ट्रम्पको धम्कीपछि माइक्रोसफ्टलाई डिल गर्न सहयोग हुने टिकटको प्रतिक्रिया छ । टिकटकका प्रवक्ताले भनेका छन्–‘हामी हल्ला र अनुमानहरु प्रति कुनै टिप्पणी गर्दैनौं, लामो समयसम्म टिकटक सफल हुनेमा हामीलाई भरोसा छ ।’

टिकटकले एक हजार अमेरिकीलाई यसपाली रोजगारी दिएको र थप १० हजार अमेरिकीलाई अब रोजगारी दिने तयारी भैरहेको पनि बताएको छ । अमेरिकी राष्ट्रपतिको योजनामा टिकटकलाई प्रतिबन्धको त्रास देखाएर कौडीको भाउमा किन्ने षडयन्त्र गरेको आरोप लागेको हो । 
 

Advertisement

Advertisement

Advertisement