हाँस्य कलाकार भन्छन्– हामीभन्दा ठूला गाइजात्रे कलाकार त नेताहरु हुन्

Advertisement

काठमाडौं । हाँस्यब्याङ्ग्य कलाकारहरुले आफूहरुभन्दा ठूला कलाकार नेताहरु भएको बताएका छन् । उनीहरुले मंगलबार िरपोर्टर्स क्लवमा नेताहरुले ३६५ िदन नै मुलुकमा गाइजात्रा देखाउने गरेको भन्दै आलोचना पिन गरे । 

उनीहरुले जनतालाई सचेत नागरिकका रुपमा जागरुक भई नेताहरुलाई गल्ती गर्न नदिन आग्रह गर्दै नेताहरुको कारण मुलुक र जनताले दुःख पाएको बताए । 

Advertisement

व्यङ्ग्यकार शैलेन्द्र सिंखडाले नेपालका नेता र जनताहरुको प्रकार छुट्याउँदै कडा व्यङ्ग्य गरे । उनले भने, ॅनेताहरु कोटे, नोटे, भोटे र चोटे छन् र नेपाली जनता अनुशासित र अनुबन्धित दुई प्रकारका छन् ।’ 

उनले मन्त्रीको गाडीमा ब्रिफकेश किन हालिन्छ ? भनी जनताहरुले पत्ता लगाउनुपर्ने बताए । नेताहरुले ३६५ दिन नै गाइजात्रा मनाएको समेत िसंखडाले उल्लेख गरे । आफूले ४० वर्ष गाइजात्रा मनाइसकेको र त्यस क्रममा नेपालको राजनीतिक तथा सामाजिक जीवनको अनेकन घटनाक्रम देखेको उनले बताए । 

सिंखडाले व्यंग्य गर्दै भने, ‘नेताहरु ३६५ दिन नै गाइजात्रा झिक्नुहुन्छ । तर, त्यो नक्कली गाइजात्रा हो, आजको दिन कलाकारहरुले गरेको गाइजात्रा मात्र सत्य हो ।’ उनले सामाजिक, लैगिंक, राजनीतिक घटनाहरुलाई प्यारोडीमार्फत व्याङ्ग्य गरेका थिए । 

हाँस्य कलाकार दमन रुपाखेतीले प्रधानमन्त्री केपी ओली आफैमा गाइजात्रा भएको टिप्पणी गरे । उनले भने, ॅकेपी बा आफैमा गाइजात्रा हुनुहुन्छ । तर, उहाँका धुपौरेबाट सावधान हुनुपर्छ ।’ औषधोपचारको पैसा नेताले खाएको र जनताले उपचार नपाएको भन्दै दमनले व्यङ्ग्य गरे । देश कोरोना महामारीसँगै बाढीपहिरोको प्रकोपमा रहँदा सरकार उदासीन रहेको आरोप लगाए ।

रुपाखेतीले भने, औषिधउपचार खर्लप्पै नेताले खाए, जनताले पाएनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बेसार पानी खान भनेकोतर्फ व्यङ्ग्य गर्दै उनले गीत समेत बजाए । कलाकारहरुमा देशको भुभागबारे सामान्य ज्ञान हुन आवश्यक रहेको भन्दै रुपाखेतीले केही कलाकारप्रति व्यङ्ग्य पनि गरे । 

डबलीबाट शुरु भएको गाइजात्रा डिजिटलमा प्रवेश गरेकोमा उनले खुशी व्यक्त गरे । रुपाखेतीले टिकटक बन्द गर्न माग गरे । उनले भने, ॅटिकटकले बेथिती ल्याएको छ, हेर्नै नसकिने भइसक्यो अब बन्द गर्नुपर्छ ।’

कार्यक्रममा सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले सरकार र प्रतिपक्षी नेतालाई कवितामार्फत व्यंग्य गरेका थिए । उनले देशमा सबै मिलेर लुटिरहेको भन्दै व्यङ्ग्य कविता प्रस्तुत गरेका थिए । कवितामार्फत् उनले शीर्ष नेताहरुलाई सिस्नुपानी लगाएका थिए ।

हाँस्य कलाकार सुबोध गौतमले राजनीतिक दलका नेता तथा सामाजिक अभियन्ताहरुको क्यारिकेचर गरेका थिए । उनले प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व राजा ज्ञानेन्द्र शाह, कम्युनिस्ट नेता मोहन बैद्य किरणको क्यारीकेचर गरेका थिए ।

हाँस्य कलाकार पल्पसा डंगोल ॅचम्सुरी’ले २०७७ सालको गाइजात्राको शुभकामना दिँदै गएको वर्षको जस्तो अहिलेको गाइजात्रामा व्यस्त हुन नपाएको बताइन् । कोरोना भाइरसको महामारीका कारण गाइजात्रा फरक किसिमको भएका भन्दै भाइरसको संक्रमणबाट जोगिन सबैलाई आग्रह गरिन् । 

हास्य कलाकार दिनेश काफ्लेले गाइजात्रा विशेषमा राजनीतिक, सामाजिक घटना र मिडियाप्रति व्याङ्ग्य गरे । कलाकार सन्दीव क्षेत्रीले मिठाइलालको क्यारिकेचरलाई लिएर कारबाहीका लागि गरेको सिफारिशलाई दुःखद भने ।

कलाकारले व्याङ्ग्य र क्यारिकेचर स्वतन्त्र र भयरहित तरिकाले गर्न पाउनुपर्ने उनले बताए । क्षेत्रीले कलाकारले हराउँदै गएको लवज -मिठाई लाल-को जर्गेना गर्दा कलाकार सन्दिप क्षेत्रीको विरोध हुनु दुखद भएको बताए । उनले भने, ॅकलाकारहरुले पूरानो परम्पराका लवजको जर्गेना गर्नुपर्छ, नत्र हराउछ ।’ क्षेत्रीले कलाकारहरु संयमित हुनुपर्ने भन्दै भुवन केसी र नायिका साम्राज्ञी शाहप्रति पनि व्याङ्ग्य हाने । 

हाँस्य कलाकार श्रीकृष्ण सिंखडाले भ्रष्टाचारीलाई टुँडिखेलमा राखेर नंग्याउनुपर्ने बताए । उनले नेताहरुप्रति व्याङ्ग्य गर्दै भ्रष्टाचारविरुद्ध कलाकारले आआफ्नो ढंगबाट सक्रिय हुनुपर्ने बताए । उनले भने, ‘भ्रष्टाचारीलाई टुँडिखेलमा राखेर नङ्ग्याउनुपर्छ । नेकपा अध्यक्ष प्रचण्ड र पूर्व राजा ज्ञानेन्द्रको सिंखडाले क्यारिकेचर गरेका थिए ।

Advertisement

Advertisement