यस्तो छ अयोध्यामा बन्ने राम मन्दिर, मोदीले बुधबार गर्दैछन् शिलान्यास

Advertisement

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोली अर्थात बुधबार उत्तरप्रदेशको अयोध्यामा राम मन्दिरको शिलान्यास गर्दैछन् । बर्षाै लामो विवादलाई सर्वाेच्च अदालतले टुंगो लगाउँदै मन्दिर बनाउन पाउने फैसला गरेको थियो । 

अयोध्यामा मन्दिर बनाउने विषयलाई भारतीय जनता पार्टीले प्रतिष्ठाको विषय बनाएको थियो । अयोध्यामा राम मन्दिर की बाबरी मस्जिद भन्ने विवाद थियो । अयोध्यालाई बौद्ध धर्मावलम्बीहरुले समेत आफ्नो तिर्थ मान्दै आएका छन् । 

अध्योध्या मामलामा धार्मिक हिंसा भड्किएर सैंयौं नागरिकको मृत्यु भैसकेको छ । अध्योध्यालाई हिन्दुहरुले रामको जन्मभूमि मान्छन् भने मुस्लिमहरुले बाबरी मस्जिदलाई आफ्नो आस्थाको केन्द्र मान्दै आएका छन् । 


 

Advertisement

Advertisement

Advertisement