बालाजु बाइसधारादेखि बाइपास खण्डमा बर्षौंदेखि सडक निर्माणको बाधक बनेको घर भत्काइयो

Advertisement

काठमाडौं । बालाजुको पाइपास क्षेत्रमा सडक मिचेर बनाइएका केही घरहरु मंगलबार सुरक्षाकर्मी राखेर भत्काउने काम भएको छ । विवादका कारण बर्षौंदेखि अलपत्र बनेको बालाजु बाइसधारादेखि बाइपाससम्मको करिव तीन सय मिटर सडकको निर्माण हुन नसकेको थिए । 

उक्त सडक नबन्दा नुवाकोटजानेदेखि वाइपस क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयहरुले सास्ती भोग्नु परेको थियो । तर, सार्वजनिक जग्गा मिचेर घर बनाउनेहरुले विरोध जनाएका कारण बाँकी खण्डमा सडक कालोपत्रे भए पनि उक्त खण्डमा हुन सकेको थिएन् । 

Advertisement

आज सडकमा पर्ने घर भत्काइएसँगै बाँकी खण्डको निर्माण अघि बढाउन सहज हुने भएको छ । सडकमा पर्ने घर भत्काउन अदालतले आदेश दिए पनि काठमाडौं महानगरपालिकाले घर भत्काउन सकेको थिए । बालाजु बाइपासको सडक नबन्दा उक्त क्षेत्रबाट साँसदसमेत बनेका शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर आलोचित बन्दै आएका थिए । 

अतिक्रमित क्षेत्र शिवपुरी राष्ट्रिय निकुञ्जको फेदमा पर्दछ । थारै सडकको निर्माण रोकिँदा काँठ क्षेत्रले निकास पाउन नसकेकोमा आजको कदम सकारात्मक भएको स्थानीयको भनाई छ । भत्काइएको घरमा मानिस बस्न छोडेपछि अस्थिपञ्जरको रुपमा रहँदै आएको थियो ।  अतिक्रमित घर भत्काउने क्रममा विरोधमा उत्रिने केही अतिक्रमणकारीलाई प्रहरीले पक्राउ पनि गरेको थियो । 

Advertisement

Advertisement