लकडाउनमा समेत आफ्ना कर्मचारीलाई थप सुविधा दिने उद्योग व्यवसायहरु चिनौं

Advertisement

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) महामारी नियन्त्रणका क्रममा लागू गरिएको लकडाउनका कारण अधिकांश उद्योगहरुले कर्मचारी एवं कामदारहरु कटौती गरे पनि केही उद्योग व्यवसायले भने उनीहरुको सुविधा बढाएको पाइएको छ । 

नेपाल राष्ट्र बैंकले मुलुकभर गरेको सर्वेक्षणका क्रममा पाँच दशमलव सात प्रतिशत उद्योग व्यवसायले आफ्ना कर्मचारी एवं कामदारलाइ थप सुविधा प्रदान गरेका हुन् । थप सुविधा दिनेमा विद्युत, ग्याँस तथा पानी, खानी तथा उत्खनन्, कृषि, वन तथा मत्स्यपालन, स्वास्थ्य तथा सामाजिक कार्य जस्ता क्षेत्र छन् । 

Advertisement

यातायात तथा भण्डारण, रियल स्टेट, भाडा तथा व्यवसायिक क्रियाकलाप र शिक्षा क्षेत्रका उद्योग केही उद्योग व्यवसायले पनि कर्मचारीलाई थप सुविधा दिएको पाइएको राष्ट्र बैंकको भनाई छ । थप सुविधा प्रदान गर्ने दोस्रो र तेस्रो क्रममा साना र मझौला उद्योगहरु छन् । 


 

Advertisement

Advertisement