काठमाडौंलगायतका जिल्लामा सवारीसाधनमा जोरविजोर लागू

Advertisement

काठमाडौं । सरकारले बिहीबारदेखि लागू हुनेगरी काठमाडौं उपत्यकासहित अन्य जिल्लाहरुमा सवारी साधनमा जोरविजोर प्रणाली लागू गरेको छ । गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमण केस भएका जिल्लामा जोरबिजोर प्रणाली लागू गरिएको जानकारी दिएको हो । 

जोरबिजोर लागू भएका स्थानमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने निर्णय पनि भएको छ । काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्रुवाहक सवारी साधनहरुलाई साँझ ७ देखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गर्ने समेत मन्त्रालयले जनाएको छ ।

Advertisement

यस्तै, सरकारले आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गर्ने निर्णय गरेको छ । कोभिड १९ को संक्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र तथा स्थानलाई जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले निर्णय गरी तुरुन्त बन्द गर्ने, कोभिड १९ को थप परीक्षणको व्यवस्था मिलाउने पनि गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement