समाज लघुवित्तले ८६ हजार कित्ता आईपीओ निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

Advertisement

काठमाडौँ । समाज लघुवित्त वित्तीय संस्थाले ८६ लाख रुपियाँको साधारण शेयर(आइपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट अनुमति पाएको छ । 

प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यको ८६ हजार कित्ता आइपीओ जारी गर्न बुधबार बोर्डबाट अनुमति पाएको हो । आईपीओ निष्काशनका लागि यस अघि नै सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त भइसकेको छ । कम्पनीले छिट्टै आइपीओ निष्कासन प्रकृया अघि बढाउने जनाएको छ ।

Advertisement

समाज लघुवित्तको हाल कायम चुक्ता पूँजी एक करोड १४ लाख रुपियाँ रहेको छ । ८६ लाख रुपियाँको आईपीओ जारी पछि चुक्ता पूँजी २ करोड पुग्नेछ । 

Advertisement

Advertisement