डेपुटी गभर्नर शिवाकोटीको ‘खबर आएन...’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीको शब्द रचना रहेको ‘खबर आएन...’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियोमा लक्ष्मी बर्देवा र जीवन भट्टराईले अभिनय गरेका छन् । 

नेपाली गाउँघर, वन, मेलापातमा श्रीमान् स्मरण गर्दै भावुक बनेकी श्रीमतीको विरह, चिन्तालाई उक्त म्युजिक भिडियोमा समेटिएको छ । 

Advertisement

शिवाकोटीले शव्द रचना रहेको उक्त गीतमा संगीत हरि लम्सालले भरेका छन् भने स्वर मेलिना राईको रहेको छ । गीतका शब्दमा विदेशिएको श्रीमानको पर्खाइमा गाउँमा बसेकी श्रीमतीको पीडा समेटिएको छ ।  

Advertisement

Advertisement