तत्कालै लकडाउन गर्ने योजना छैन- मन्त्री डा. खतिवडा

Advertisement

काठमाडौं । अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले तत्कालै लकडाउन गर्ने योजनामा सरकार नरहेको स्पष्ट पारेका छन् । मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजीत पत्रकार सम्मेलनमा बोेल्दै सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री डा. खतिवडाले तत्काल देशभर लकडाउन गर्ने अवस्था नरहेको र सरकारले पनि त्यस्तो तयारी नगरेको स्पष्ट पारेका हुन् । 

उनले नागरिकलाई कोरोना र भोकमरी दुबैबाट बचाउने दायित्व राज्यकै भएकाले सोही अनुसारका रणनितीहरु अवलम्बन गरिएको पनि बताए । ‘कोरोनाबाट हामीले बच्नु नै छ, त्यसँगै लकडाउन गर्दा आउन सक्ने अन्य खालका संकटहरुबाट पनि बच्नुपर्नेछ, त्यसैले जे जे गर्नुपर्ने हो, सरकारले गरिरहेको छ’, मन्त्री खतिवडाले भने । 

उनले गृहमन्त्रालयले परिपत्र जारी गरेर कोरोनासँग बच्ने र जीवन पनि धान्न सक्ने बाटो खोलिदिएको सोही अनुसार व्यवहार गर्न पनि आम नागरिकलाई अनुरोध गरे । कतिपय जिल्लाहरु कोरोना मुक्त रहेको, एउटै जिल्लाको कतिपय क्षेत्रमा मात्रै कोरोनाको उच्च जोखिम देखिएकाले पुरै लकडाउन नगरेर आवश्यकता अनुसार कदम चाल्ने निष्कर्षमा सरकार पुगेको स्पष्ट पारे । 

‘कतिपय जिल्लाहरु कोरोना मुक्त भैसकेका छन्, कतिपय जिल्लाहरु उच्च जोखिममा देखिएकाले स्थानीय प्रशासनले लकडाउन गरिरहेको छ, त्यसकारण आवश्यकता अनुसार जे गर्नुपर्ने हो, त्यहि गरिन्छ, पुरै देशलाई लकडाउनमा लैजाने भन्ने हुन्न’, मन्त्री खतिवडाले भने । 
 

Advertisement

Advertisement

Advertisement