सुनको मूल्य आज पनि तोलाका १ हजार बढ्यो, प्रतितोला कति पुग्यो ?

Advertisement

काठमाडौँ । सुनचाँदीको मूल्य उकालो लाग्ने क्रम जारी छ । आज पनि सुन प्रतितोला १ हजार रुपियाँ र चाँदीको मूल्य प्रतितोला ६० रुपियाँ बृद्धि भएको छ । हिजो पनि सुनको मूल्य प्रतितोला ११ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला ५० रुपियाँ बढेको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपियाँ, तेजावी सुन को मूल्य प्रतितोला १ लाख ३ हजार रुपियाँ र चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय ५ रुपियाँमा निर्धारण गरिएको छ । 

Advertisement

हिजो छापावाल सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपियाँ, तेजावी सुन प्रतितोला १ लाख २ हजार रुपियाँ र चाँदी प्रतितोला एक हजार ३ सय ४५ रुपियाँमा कारोबार भएको थियो । 

किन बढ्दैछ सुनको मूल्य ?
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले बताए । अध्यक्ष सुनारले अन्य क्षेत्रको तुलनामा सुनप्रति लगानीकर्ताको आकर्षण देखिँदा पनि सुनको मूल्य बढेको बताए । दैनिक सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि कारोबार भने ठप्प भएको छ । 

Advertisement

Advertisement