केपी ओलीको राष्ट्रवादः भारतीय दुतावासलाई गाउँगाउँमा पैसा बाढ्ने समय थप

Advertisement

काठमाडौं । राष्ट्रवादी सरकारको छवी बनाउने प्रयासमा रहेका केपी ओली सरकारले भारतीय दुतावासलाई गाउँ गाउँमा पैसा बाढ्ने समय थपिदिएको छ । साउन १९ गते बसेको मन्त्रिपरिषाद बैठकले दुतावास मार्फत साना विकास आयोजना सञ्चालन गर्ने समय ३ वर्षका लागि थपिदिएको हो । अब भारतीय दुतावाबासले सन २०२३ अगष्ट ५ तारिखसम्म नेपालका ग्रामिण वस्तीहरुमा आफखुसी पैसा बाढ्न सक्नेछ । 

भारतीय दूतावासले चालु आर्थिक वर्षमा ६७ वटा साना विकास परियोजनामा ३ अर्ब रुपैयाँ खर्च गर्ने योजना बनाएको श्रोतले बतायो । यो रकमबाट भारतीय दुतावासले नेपालका ग्रामिण वस्तिहरुमा एम्बुलेन्स, सामुदायिक भवन, विद्यालय, पुस्तकालय, दमकल लगायतका निर्माण तथा खरिद गरिदिने गरेको छ । यस्तो निर्माण तथा खरिदमा नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति लिनु नपर्ने सुविधा पनि दुतावासलाई दिईएको छ । 

२०६५ साल(२००८ अगष्ट ६)देखि सरकारले भारतीय दुतावासलाई साना विकास परियोजना कार्यक्रम मार्फत जथाभावी पैसा बाढ्ने अनुमति दिँदै आएको छ । सुरुमा तीन करोडसम्मका आयोजनाहरु दूतावासमार्फत चलाउन दिने गरी सम्झौता भए पनि डा. बाबुराम भट्टरराईले आफु प्रधानमन्त्री हुँदा त्यसलाई ५ करोडसम्म बनाइदिएका थिए । 
प्छिल्लो पटक २०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला ३ वर्ष म्याद थपिएको थियो ।



राष्ट्रवादको परिक्षण
आफुलाई एक मात्र राष्ट्रवादी नेताका रुपमा चिनाउने प्रयास गरिरहेका प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद परिक्षणका रुपमा यो कार्यक्रम नविकरणलाई हेरिएको छ । ओलीले चाहेका भए गाउँ गाउँमा पुगेर आफुखुसी विकास बाढ्ने भारतीय परियोजना बन्द गराउन सक्ने थिए । धेरैले ओलीबाट यस्तै अपेक्षा पनि गरेका थिए । तर ओलीले सबैको आशामा पानी फ्याँकी दिएका छन् । यतिबेला सर्वत्र प्रश्न उठेको छ, के केपी ओली राष्ट्रवादी नै हुन त ? 
 

Advertisement

Advertisement

Advertisement