‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका रानाको परिवारलाई बीमा बापत ७ लाख हस्तान्तरण

Advertisement

काठमाडौँ । मोेटरसाइकल दुर्घटनामा परी निधन भएका नेपाली सेनाका सिपाही शिवराज रानाका परिवारलाई मेगा बैंकले बीमा बापत सात लाख रुपियाँ प्रदान गरेको छ ।

मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका दिंवगत सैनिक जवान रानालाई मेगा बैंकले सोही खाताको बिमा बापत सात लाख रुपियाँ हस्तान्तरण गरेको हो । 

Advertisement

गुल्मीको तम्घासस्थित नेपाली सेनाको वीरभद्र जंग गुल्ममा कार्यरत सैनिक जवान रानाको धनगढी उपमहानगरपालिका वडा नम्बर ११ स्थित घरमा बिदामा गएका बेला २०७६ साल फागुन १ गते धनगढीमा मोटरसाइकल दुर्घटना भई निधन भएको थियो । मेगा बैंक तम्घास शाखाका प्रबन्धक तेजेन्द्र कार्कीले वीरभद्र जंग गुल्मका गुल्मपति मेजर भूपेन्द्र गुरुङमार्फत सैनिक जवान रानाका बाबु टीकाराम रानालाई बीमा बापतको रकम हस्तान्तरण गरे ।  

न्यूनतम एक हजार रुपियाँ मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैँयाको दुर्घटना बीमा गरिदिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन् । सिइओ खुञ्जेलीका अनुसार, ग्राहक र उनीहरुका परिवारलाई भरपरी आउने यस्ता घटनामा सुरक्षा मिलोस् भनेर बैंकले ग्राहकहरुलाई यो योजना ल्याएको हो । 
 

Advertisement

Advertisement