अब चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा टोलछिमेक र इष्टमित्रलाई समेत बोलाउन नपाइने

Advertisement

काठमाडौँ । सरकारले अब चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा टोलछिमेक र इष्टमित्रलाई समेत बोलाउन नपाउने मापदण्ड ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जनस्वास्थ्यसम्वन्धी नयाँ मापदण्डमा कोरोना भाइरस (कोभिड १९)को जोखिम कम गर्न कडा मापदण्डहरु ल्याइएको हो । 


प्रमुख चाडपर्व, जात्रा तथा उत्सवहरुको समय आउँदै गरेकोले कोभिड –१९ को संक्रमणको जोखिम कम गर्न सुरक्षित रुपमा पर्व कसरी मनाउने भन्ने विषयमा मापदण्ड ल्याएको बताउँदै मन्त्रालयले सबै किसिमका चाडपर्व ,जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्नुपर्ने औंल्याएको छ । 

Advertisement

मापदण्डमा चाडपर्वमा सकेसम्म घर बाहिरको भेटघाटमा जान नहुने, जात्रा तथा उत्सव मनाउने कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य रुपमले साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, धार्मिक स्थलमा हुने हरेक भेलामा बढीमा २५ जना मात्रै भेला हुने, धेरै मानिसले प्रयोग गर्ने रेलिङ, बार जस्ता सामग्रीहरु छुट नहुने जस्ता कुराहरु उल्लेख गरिएको छ । 

स्वास्थ्य मन्त्रालयले कुनै पनि धार्मिक कार्यक्रम तथा भेला गर्दा भीडभाड गर्न नहुने, त्यस्तो कार्यक्रमको व्यवस्थापनमा स्वास्थ्य सुुरक्षा सावधानी अपनाउँदै तालिम प्राप्त कर्मचारी प्रयोग गर्ने, कार्यक्रम स्थलको सरसफाईमा ध्यान दिनुपर्ने, यस्तो ठाउँलाई हरेक दिन कम्तीमा दुई पटक डिस्इन्फेक्ट गर्नुपर्ने सकेसम्म प्रसाद तथा टीका वितरण नगर्ने, गर्ने परेमा प्याकेजमा स्वस्थ्य व्यक्तिले पञ्जा लगाएर प्याक गर्ने व्यवस्था मिलाउने, प्रसाद वा अन्य फलफूलहरु निश्चित व्यक्तिहले घरमै गएर बाँड्न मिल्ने व्यवस्था मिलाउनुपर्ने जस्ता शर्तहरु अघि सारेको छ । 

Advertisement

Advertisement