सेञ्चुरी कमर्सियल बैँकले सुरु गर्यो थ्री डी सेक्युअर भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड सेवा

Advertisement

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैँक लिमिटेडले आईजेडईलेन्ट टेक्नोलोजी इण्डियासंगको सहकार्यमा ‘थ्री डी सेक्युअर’  सेवा प्रारम्भ गरेको छ । 

सो सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैँकको भिसा डेबिट, क्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरीद गर्न मात्र सिमित नभई अब यी कार्डहरmबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलै र सुरक्षित रूपमा सामान खरिद गर्न सकिन्छ ।

Advertisement

‘थ्री डी सेक्युअर’ सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दा वन टाइम पासवर्ड(ओटीपी) आफ्नो आधिकारिक मोबाइल वा ईमेलमा प्राप्त गर्न सक्नेछन् । थ्री डी सेक्युअर सेवामा कार्ड र ओटीपी दुबै आवश्यक पर्ने हुदाँ कारोबार पूर्ण रूपले सुरक्षित हुन्छ ।
 

Advertisement

Advertisement