रिलायन्स लाइफको नाफा ४ करोड ३३ लाख, भदौमा आइपीओ

Advertisement

काठमाडौं । भदौ भित्रै आइपीओ जारी गर्न लागेको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ४ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बीमाङकीय मूल्यांकन नगरि सार्वजनिक गरिएको चौथो त्रैमासिकको वित्तिय विवरण अनुसार कम्पनीले यो अवधीमा एक अर्ब ४१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

कम्पनीले हालसम्म २ अर्ब २४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेको छ । जसमध्ये प्रथम बीमा शुल्क नै ९५ करोड छ । सञ्चालनको तेश्रो वर्ष पुगेको कम्पनीको चुक्ता पुँजी एक अर्ब ४७ करोड रुपैयाँ छ ।

कम्पनीले भदौ महिना भित्रै ६३ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्दैछ । जसमध्ये ३ लाख १५ हजार कित्ता कर्मचारी र ३ लाख १५ हजार कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी ५६ लाख ७० हजार कित्ता भने सर्वसाधारणका लागि छुट्याईएको छ । 

रिलायन्सको जगेडा कोषमा १४ करोड र जीवन बीमा कोषमा एक अर्ब १४ करोड रुपैयाँ रहेको छ । एक सय वटा शाखाबाट १३ वटा बीमा पोलिसी बिक्रि गरिरहेको कम्पनीमा २ सय २० जना कर्मचारी छन् ।
 

Advertisement

Advertisement

Advertisement