गरिमाका ग्राहकले ग्यालेक्सी हस्पिटलमा उपचार गराउँदा १२ प्रतिशत छुट

Advertisement

काठमाडौँ । गरिमा विकास बैंकका ग्राहकहरुलाई ग्यालेक्सी हस्पिटल पोखरामा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्झौता सम्पन्न भएको छ । 

उक्त सम्झौतामा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र ग्यालेक्सी हस्पिटलको तर्फबाट अध्यक्ष डा. हेमन्त मानन्धरले हस्ताक्षर गरेका हुन् । 

Advertisement

सम्झौतापश्चात गरिमा विकास बैंक लिमिटेडका कर्मचारी र कर्मचारिका परिवार, भिजा कार्डहोल्डर र मोवाईल बैंकिङ्गका प्रयोगकर्ताहरुले ग्यालेक्सीमा उपचार गराउँदा हस्पिटल कन्ज्युमेवल र फार्मेसी बाहेक अन्य सेवामा १२ प्रतिशत  छुट प्राप्त गर्नेछन् । 
                                                     
 

Advertisement

Advertisement