केरुङदेखि नुवाकोटसम्म पाइपलाइनबाट चाइनिज इन्धन, लोथरसम्म भारतीय पाइपलाइन

Advertisement

काठमाडौं । नेपाल आयल निगमले चीनबाट पेट्रोलियम पदार्थ खरिदको प्रक्रिया अघि बढाउने निधो गरेको छ । निगमले आर्थिक वर्ष २०७७।७८को नीति तथा कार्यक्रम मार्फत चीनबाट इन्धन खरिद गर्न सम्भाव्यता अध्ययन गरि सम्झौताको फ्रेमवर्क तयार पार्ने योजना अघि सारेको हो । निगम सञ्चालक समितिले पास गरेको बार्षिक नीति तथा कार्यक्रममा लेखिएको छ–‘मित्र राष्ट्र चीनबाट पेट्रोलियम पदार्थ खरिद गर्ने सम्भावनाको अध्ययन गरि फ्रेमवर्क सम्झौताको अध्ययन गरिनेछ ।’

निगमले केरुङबाट रसुवागढी हुँदै नुवाकोटसम्म पेट्रोलियम पाइपलाइन विस्तारको सम्भाव्यता अध्ययन पनि यसै वर्ष गर्दैछ । ‘चीनको केरुङदेखि रसुवागढी हुँदै नुवाकोटसम्म पेट्रोलियम पाइपलाइन विस्तारको सम्भाव्यता अध्ययन गरिनेछ’, निगम सञ्चालक समितिले पास गरेको नीति तथा कार्यक्रममा भनिएको छ । निगमले अमलेखगञ्जसम्म आईपुगेको पाइपलाइनलाई चीतवनको लोथरसम्म ल्याउने कार्यको थालना पनि यसै वर्ष गर्दैछ । त्यस बाहेक निगमले आफ्ना लागि कर्पाेरेट भवन निर्माण, प्रदेशस्तरमा डिपोहरुको भण्डारण क्षमता विस्तार लगायतका काम पनि अघि बढाउँदैछ । 


निगम श्रोतका अनुसार निगमले पूर्वाधार निर्माण, प्रणालीगत सुधार तथा अध्ययनहरुका लागि सवा ६ अर्बको बजेट तयार पारेको छ । सोही बजेट मार्फत चाइनिज इन्धन ल्याउने अध्ययनदेखि भारतीय इन्धनलाई पाइपलाइन मार्फत लोथरसम्म ल्याउने, प्रदेशमा भण्डार क्षमता बढाउने, कर्पाेरेट भवन निर्माण लगायतका काम गर्नेछ । 

चीनबाट इन्धन ल्याउने प्रयास 
भारतले नाका बन्दी लगाएको समयमा निगमका तत्कालिन कार्यकारी प्रमुख गोपाल खड्काले २०७२ साल कात्तिक १० गते चीनसँग आफ्नो मागको ३३ प्रतिशत इन्धन खरिद गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । २०७२ चैत ७ गतेदेखि तत्कालिन प्रधानमन्त्री केपी ओलीले गरेको साताव्यापी चीन भ्रमणका क्रममा भएको द्धिपक्षिय सम्झौतामा पनि इन्धन कारोबार समावेश थियो ।

Advertisement


 

Advertisement

Advertisement