कोरोना संक्रमित ३७८ जना थपिए, थप तीनको मृत्यु

Advertisement

काठमाडौँ । गएको २४ घन्टामा थप ३७८ जनामा कोरोना (कोभिड १९) संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार सात हजार ७८८ पीसीआर परीक्षण गर्दा ३७८ जनामा कोरोना देखिएको हो । थपसहित कुल संक्रमित २२ हजार ५९२ पुगेको छ । 

यस अवधिमा ४९९ जना डिस्‍चार्ज भएर घर गएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या १६ हजार ३१३ पुगेको छ ।मुलुकभर छ हजार २०६ जना आइसोलेसनमा र १० हजार ७९२ क्वारेन्टाइनमा रहेको मन्त्रालयको भनाई छ । 

Advertisement

त्यस्तै, गएको २४ घण्टामा तीन जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७३ पुगेको छ । मृत्यु हुनेमा काठमाडौं टोखा नगरपालिका ६ की ४१ वर्षीया महिलाको शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उपचारकै क्रममा उनको शुक्रबार मृत्यु भएको हो ।

यस्तै कोरोनाबाट पर्सा वीरगन्ज महानगरपालिका ३ छपकैया बस्ने ७४ वर्षीय पुरुषको साउन २३ गते गण्डक अस्थायी कोभिड अस्पताल वीरगन्जमा, मोरङ विराटनगर ९ बस्‍ने ५८ वर्षीय पुरुषको साउन २३ गते कोसी अस्पतालमा शुक्रबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस अवधिमा काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । 

Advertisement

Advertisement