प्राइम लाइफको नाफामा कोरोना प्रभाव, घटेर २९ करोड ८५ लाख मात्रै

Advertisement

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको नाफामा कोरोना प्रभाव देखिएको छ । कम्पनीको नाफा घटेर २९ करोड ८५ लाखमै खुम्चिएको छ ।  कम्पनीले गत आर्थिक वर्ष २०७६।७७ को अवधीमा अघिल्लो आव २०७५।७६ को तुलनामा एक करोड ४५ लाख रुपैयाँले कम नाफा आर्जन गरेको हो । सो अवधीमा कम्पनीका नाफा ३१ करोड ३० लाख रुपैयाँ थियो ।
 
प्राइमले गत आवमा ३ अर्ब ३० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिन्छ । कम्पनीले हालसम्म २ लाख ९० हजार ५ सय ३८ वटा बीमा पोलिसी बेचेर १८ अर्ब ४४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

२ अर्ब २५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ८८ करोड रुपैयाँ छ भने जीवन बीमा कोषमा ११ अर्ब ४७ करोड रुपैयाँ छ । प्राइम लाइफको प्रति सेयर आम्दानी १३.२२ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ भने १४५.५६ रुपैयाँ रहेको छ । 

Advertisement

Advertisement

Advertisement