बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका छैन, ‘महान भारतीय’ भनेकोमा माधव नेपालको आपत्ति

Advertisement

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशंकले गौतम बुद्धलाई ‘महान् भारतीय’ भन्दै गरेको प्रचार तथ्यहीन भन्दै आपत्ति जनाएका छन् ।  

नेता नेपालले आज सामाजिक सञ्जालमा जयशंकरको प्रचारप्रति आपत्ति जनाएका हुन् । 

Advertisement

ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका बाँकी नरहँदा–नरहँदै बेलाबखतमा भारतीय नेताहरुबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्दछन् भन्ने कुरा ख्यान गर्न म ध्यानाकर्षण गराउँछु–नेता नेपालले उल्लेख गरेका छन् । 


यता, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि भारतीय विदेशमन्त्रीको उक्त अभिव्यक्ति प्रति आपत्ति जनाएको छ । 

Advertisement

Advertisement