धर्म र राष्ट्रवादको ककटेलले केही महिना जनता लठ्ठिने भएः बाबुराम

Advertisement

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले धर्म र राष्ट्रवादको ककटेलले केही महिना जनता लठ्ठिने बताएका छन् । राम जन्मभूमि र बुद्धका बारेमा बहस चर्किएपछि बाबुरामले ट्वीट गर्दै उक्त प्रतिक्रिया जनाएका छन् । 

नेपालका प्रधानमन्त्री केपी ओलीले राम जन्मभूमि अयोध्या भारतमा नभई नेपालमा रहेको भन्दै पर्साको ठोरी र चितवनको माडीमा क्षेत्रमा राम, सीताको ठूलो मन्दिर बनाउन स्थानीयलाई बताएको भोलिपल्ट (आइजतबार) भारतीय विदेश सचिव एस जयशंकरले बुद्ध महान भारतीय भएको बताएका थिए । 

Advertisement

जयशंकरको भनाईको विरोध भइरहेको बेला बाबुरामले भनेका छन्, ‘छट्टुुस्याल चील आयो भनेर कराउँथ्यो । गाउँले आकाशतिर हेर्न थालेपछि भूइँबाट कुखुरा चोरेर भाग्थ्यो । यताकाले राम यतै जन्मेका हुन भनेर चिच्याए, उताकाले बुद्ध उतै जन्मेका हुन् भनेर फर्काए । अब यो धर्म र राष्ट्रवादको ककटेलले केही महिना जनता लठ्ठिने भए।छट्टुु स्यालले के के चोर्ने हुन् १ होशियार ।

Advertisement

Advertisement