भारतले भन्योः वुद्ध नेपालमै जन्मिएका हुन

Advertisement

काठमाडौं । भारतीय विदेश मन्त्रालयले गौतम वुद्ध नेपालमै जन्मिएको स्विकार गरेको छ । विदेश मन्त्रालयले वुद्धको जन्मबारे आफ्नो धारणा अघि सार्दै गौतम वुद्ध नेपालमा जन्मिएकोमा कुनै दुविधा नरहेको स्पष्ट पारेको हो । भारतीय विदेश मन्त्री एस जयशंकरले वुद्धलाई महान भारतीय भन्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिको नेपालमा व्यापक आलोचना भएपछि विदेश मन्त्रालयले मन्त्रीको धारणा सच्याएको हो ।

Advertisement

Advertisement

Advertisement