हवाई सेवा र लामो दूरीको सार्वजनिक यातायात सञ्चालन भदौ १ देखि नै नगर्न सीसीएमसीको सिफारिस

Advertisement

काठमाडौं । उपप्रधानमन्त्री इश्वर पोखरेल संयोजक रहेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले हवाई सेवा, लामो दूरीको सार्वजनिक यातायात खुला नगर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको छ । 

सेन्टरको आइतबार बसेको बैठकले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएको भन्दै गत साउन ५ को मन्त्रिपरिषद् निर्णय सच्याउन सिफारिस गर्दै भदौ १ गतेबाटै हवाई सेवा र लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय पुनर्विचार गर्न आग्रह गरेको हो । 

Advertisement

यस विषयमा ठोस निर्णय नभएको र यो कार्यान्वयन गर्नु नहुने विषयमा धेरैको मत मिलेको भन्दै सेन्टरले भनेको छ, ‘भदौ १ गतेदेखि हवाई उडान र अन्तर जिल्ला यातायात सञ्चालन गर्ने निर्णय सरकारले गरे पनि सङ्क्रमणको दर बढ्दै गएको अवस्थामा के गर्ने भन्ने विषयमा लामो बिमर्स भएको छ ।’, 

मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले  बैठकमा मुलुकको पछिल्लो अवस्थाको बारेमा महत्वपूर्ण विचार विमर्श भएको र स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गराउन, स्थानीय तहले नै आवश्यक संयन्त्रको परिचालन गर्न र त्यसका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच थप समन्वय गर्नुपर्ने विषयमा समेत छलफल भएको छ ।  

त्यसैगरी सरकारले मुलुकभर आइसोलेसन र क्वारेन्टिनको अभाव देखिएकाले स्थानीय तहको समन्वयमा थप व्यवस्था गर्ने भएको छ । 

Advertisement

Advertisement