सिद्धार्थ बैंकको नाफा २०९ करोड, यस्ता छन् अन्य सूचक

Advertisement

काठमाडौं । सिद्धार्थ बैंकको नाफा दुई अर्ब ९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार बैंकले दुई अर्ब ९ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो । बैंकले आव २०७५।७६ मा भने दुई अर्ब २५ करोड रुपैयाँले नाफा आर्जन गर्न सफल भएको थियो । 

बैंकको वितरण योग्य नाफा भने ८६ करोड रुपैयाँ रहेको छ । सिद्धार्थले गत आवमा एक खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब २३ अर्ब रुपैयाँ कर्जा लगानी गर्दा सीडी रेसियो भने ७२.८५ प्रतिशत कायम गरेको छ । बैंकको ब्याज आम्दानी १५ अर्ब ४४ करोड र ब्याज खर्च ९ अर्ब ८५ करोड रुपैयाँ रहँदा खुद ब्याज आम्दानी ५ अर्ब ५८ करोड रुपैयाँ कायम गराएको छ । 

९ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब २४ करोड रुपैयाँ रहेको छ । सिद्धार्थको आधार ब्याज दर ९.०३ प्रतिशत छ भने स्प्रेड दर ४.३३ प्रतिशत रहेको छ । कस्ट अफ फण्ड ६.५९ प्रतिशत रहँदा खराब कर्जा १.५६ प्रतिशत मात्रै छ । बैंकको प्रति सेयर आम्दानी भने २१.३८ रुपैयाँ रहेको छ । 
 

Advertisement

Advertisement

Advertisement