एभरेष्ट इन्स्योरेन्सको नाफामा उछाल, ३८१ प्रतिशतले बढेर १९ करोड ३१ लाख पुग्यो

Advertisement

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको नाफामा उछाल आएको छ । कम्पनीको नाफा ३८१.५४ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले आर्थिक वर्ष २०७६।७७ मा आफ्नो नाफा सो मात्रामा वृद्धि गरेर १९ करोड ३१ लाख रुपैयाँ पुर्याएको हो ।

आव २०७५।७६ मा कम्पनीको नाफा जम्मा ४ करोड एक लाख रुपैयाँ मात्रै थियो । अर्थात कम्पनीले एक वर्षको अवधीमा आफ्नो नाफा १५ करोड ३० लाख रुपैयाँले बढाउन सफल भएको हो ।  एक अर्ब ९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २७ करोड रुपैयाँ छ भने बीमा कोषमा ३२ करोड रुपैयाँ रहेको छ ।

एभरेष्टको प्रति सेयर आम्दानी १७.६२ रुपैयाँ रहेको छ । एभरेष्टले गत आवमा ९० करोड ४४ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ जुन आव २०७५।७६ मा जम्मा ८१ करोड रुपैयाँ मात्रै थियो । कम्पनीले ७९ हजार ५ सय २ वटा बीमालेख बिक्रि गरेको छ । ४ हजार एक सय ५६ वटा दावी वापत ४९ करोड रुपैयाँ भुक्तानी गरेको देखिन्छ । 

Advertisement

Advertisement

Advertisement