खानेपानी संस्थानका हाकिम १० लाख ५५ हजार घुससहित पक्राउ

Advertisement

काठमाडौं । खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख १० लाख ५५ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश कार्यालयको टोलीले संस्थानको बुटवल कार्यालयका प्रमुख इञ्जिनियर सन्तोष साहलाई धादिङको धुनीबेसीस्थित खानीखोलाबाट पक्राउ गरेको हो । 

इञ्जिनियर साहसँग २ लाख ३३ हजार ५ सय नगद र ८ लाख २२ हजार रुपैयाँको बैंक भौचर बरामद गरिएको छ । उनले खानेपानी शाखा कार्यालयहरुका कर्मचारीहरुसँग घुस मागेको उजुरीका आधारमा आयोगले पछ्याएको थियो । 
 

Advertisement

Advertisement

Advertisement