एक लाख घुस लिने इञ्जिनियर बिरुद्ध विशेष अदालतमा मुद्दा

Advertisement

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढोरपाटन नगरपालिका बाग्लुङका इञ्जिनियर मिलन अधिकारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

उपभोक्ता समितिबाट भएको सडक निर्माणसम्बन्धी योजनाको भुक्तानी दिएवापत अधिकारीले विभिन्न बहाना बनाइ घुस मागेको पाइएको आयोगले जनाएको छ । इञ्जिनियर अधिकारीले सेवाग्राहीबाट रु एक लाख घुस माग गरेको पाइएकाले आयोगको पोखरा कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो । आयोगले आरोपी इञ्जिनियरलाई बिगोअनुसारको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।  

Advertisement

यस्तै आयोगले आइतबारनै घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज बाँकेका उद्योग अधिकृत हुकुमबहादुर ओलीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार ठेक्कापट्टाको अनुमतिपत्र बनाइदिने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु ९६ हजार ३०० घुस माग गरेको पाइएको छ । आयोगले आरोपी उद्योग अधिकृत ओलीविरुद्ध बिगोअनुसारको कारवाहीको माग गरेको छ । 

Advertisement

Advertisement