प्रतिस्पर्धामा एप्पल र आरामकोः कोरोना त्रासबीच को अब्बल ?

Advertisement

कोरोना भाइरसको महामारीले साउदी अरबको सान मानिँदै आएको सरकारी तेल कम्पनी आरामको अवस्था नाजुक बनाइदिएको छ । यो वर्षको दोश्रो त्रैमासिकमा कम्पनीको आम्दानीमा ७३ प्रतिशतको गिरावट आएको छ । कोरोना भाइरसको महामारी र त्यसको संक्रमणबाट बच्न संसारभर लागेको रोकावटका कारण तेलको माग र मूल्यमा गिरावट आएको छ, जसको सिधा असर साउदीको तेल कम्पनीमा परेको हो । 

कम्पनीले यस वर्ष ७५ अर्ब डलर लाभांश भुक्तानी गर्नुपर्नेछ । विश्वव्यापी बजारमा तेलको मूल्यका कारण पनि आरामको समस्यामा फसेको छ । यद्यपी कम्पनीका सिइओ आमिन नासिरले विश्व तेल बजारको अवस्थामा सुधार आईरहेको बताएका छन् । चालु आवको दोश्रो त्रैमासिकमा सबै तेल कम्पनीहरुले मुस्किलको सामना गर्नु परिरहेको छ । कोरोना भाइरसको संक्रमण रोक्न संसारभर यात्रामा प्रतिबन्ध लगाईएको छ । 

त्यस्तो अवस्थामा तेलको खपत घटिरहेको छ र तेलको मूल्य दशककै न्युन विन्दुमा आईपुगेको छ । आरामकोले गत वर्ष मात्रै सेयर बजारमा सूचिकरण गरेको थियो । जसले रेकर्ड कायम गर्दै २९.४ डलरमा बिक्रि गरेको थियो । सिइओ नासिरले पत्रकारहरुसँग भनेका छन् की लकडाउन दिईएको छुटका कारण अवस्था क्रमशः सुधार भैरहेको छ । 

नसिरले भनेका छन्–‘चीनलाई हेरेपछि थाहा हुन्छ की त्यहाँ ग्यास र डिजेलको माग लकडाउन भन्दा अघिकै अवस्थामा आईपुगेको छ, हामी देखिरहेका छौं की एसियाली बजारमा सुधार आईरहेको छ, हामी ७५ अर्ब डलर लाभांश  दिने कुरामा प्रतिवद्ध र ढुक्क छौं, यो सवाल बोर्डको स्वीकृति र बजारको अवस्थामा निर्भर रहनेछ ।’

साउदी अरबको राजश्व घाटालाई सन्तुलनमा राख्न आरामकोको लाभांशले महत्वपूर्ण भूमिका खेल्दछ । यस वर्षको जुन ३० तारिखमा सकिएको दोश्रो त्रैमासिकमा कम्पनीको आम्दानीमा ६.५७ को गिरावट आएको थियो । आरामकोलाई पछि पार्दै एप्पल संसारकै सबै भन्दा ठूलो सूचिकृत कम्पनीका रुपमा उदाएको थियो । 

जुलाई ३१ तारिखकै दिन एप्पलले आरामकोलाई उछिनेको थियो । एप्पलको सेयर मूल्यमा ७.१ प्रतिशतको वृद्धि भएको थियो । एप्पलको सेयर मूल्य ४१२ डलर पुगेको थियो भने बजार भाउ १.७८६ ट्रिलियन डलर पुगेको थियो । आरामको गत वर्ष सूचिकृत हुँदा उसको बजार भाउ १.७८ ट्रिलियन डलर थियो । तेश्रो त्रैमासिकमा एप्पलको प्रगति ११ प्रतिशत थियो भने कम्पनीले ५९.७ अर्ब डलर राजश्व तिर्दा मुनाफा ११.२५ अर्ब कायम गरेको थियो । 

Advertisement

Advertisement

Advertisement