सुन प्रतितोला २ सय रुपियाँ घट्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौँ । साताको पहिलो दिन हिजोदेखि घट्न थालेको सुनको मूल्य आज पनि प्रतितोला २ सय रुपियाँ घटेको छ । 

लगातार बढिरहेको सुनको मूल्य हिजो भने गत शुक्रबारको तुलनामा प्रतितोला ९ सय रुपियाँ बढेको थियो । घटेको छ । हिजो प्रतितोला ५ रुपियाँ बढेको चाँदीको मूल्य आज भने प्रतितोला १५ रुपियाँ घटेको छ । 

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ४ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ९ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय ९५ रुपियाँमा निर्धारण गरिएको छ । 

हिजो भने छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय १० रुपियाँमा कारोबार भएको थियो । 
 

Advertisement

Advertisement