सामसङको ‘कर्ड मस्ट्रो’ रेफ्रिजेनेरेटर नेपालमा, आवश्यकता अनुसार दही घरैमै बनाउन सकिने

Advertisement

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो एवं विश्वासिलो कन्ज्युमर इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै नेपाली बजारमा ‘कर्ड मस्ट्रो’ रेफ्रिजेनेरेटर उपलब्ध गराएको छ । यस रेफ्रिजेनेरेटर विश्वकै पहिलो हो, जसले खानेकुरालाई सुरक्षित मात्र राख्दै,  यसले खानेकुरा तयार समेत गर्दछ । यसबाट दैनिकरुपमा आफ्नो आवश्यकता अनुसार दही आफैले घरैमा बनाउन सकिन्छ । 

 विभिन्न परिकारहरुसँगै नेपालका सम्पूर्ण क्षेत्रमा दही एक विशेष परिकारका रुपमा लिइन्छ, र दहीको खपत अधिक रहेको छ । ‘कर्ड मस्ट्रो’, सामसङको एक नयाँ प्रविधि हो । यो प्रविधिले नेपाली समाजमा अत्यावश्यक रहेको दही सहजै निर्माण गर्न सकिन्छ । नेपालीहरुको यस्तै अवश्यकतालाई मध्यनजर गर्दै नेपालमा यो फ्रिजको बिक्री बितरण गरिएको हो । 

Advertisement

‘कर्ड मस्ट्रो’ले पाँचदेखि ६ घण्टामा सहजै दही तयार गर्न सक्दछ– यसमा पाँच घण्टामा पातलो र ६ घण्टामा बाक्लो दही बनाउन सकिन्छ । ‘कर्ड मस्ट्रो’ बाट कन्टेनरलाई झिक्नुहोस्, त्यसमा मनतातो दुध राख्नुहोस् र केही कल्चर राम्ररी घोलेर पुनः त्यस कन्टेनरलाई ‘कर्ड मस्ट्रो’  मा राख्नुहोस् । यसपछि  कर्ड अप्सनलाई छनौट गर्नुहोस् । ‘कर्ड मस्ट्रो’   रेफ्रिजेरेटरले आवश्यक फर्मेन्टेशन गरी दही बनाउन आवश्यक तापक्रम सिर्जना गर्दछ र मीठो दही तयार गर्दछ । 

‘कर्ड मस्ट्रो’ ले जस्तोसुकै मौसममा पनि एकनाशको दही बनाउन सक्दछ । यो ‘कर्ड मस्ट्रो’ रेफ्रिजेनेरेटर २५३ लिटर र ३१५ लिटरमा उपलब्ध रहेको छ । 

यो स्मार्ट कन्भर्टेवल ५ इन १ टुइन कुलिङ्ग रेफ्रिजेनेरेटर विभिन्न पाँच मोड– नर्मल, एक्ट्र सपिङ्ग, भ्याकेशन, सिजनल तथा होम अलोन उपलब्ध रहेका छन् । यो कन्भर्टेवल मोडेलहरुमा विद्युत खपत पनि न्यूनतम मात्र हुन्छ । यो कन्भर्टेवल मोडेलहरुमा भएको ट्वीन कुलिङ प्लस वतन्त्र कुलिङ्ग सिस्टम हो, यसको फ्रिज र फ्रिजरमा छुट्टा छुट्टै एयर फ्लो हुन्छ । जसले गर्दा फ्रिज र फ्रिजर बीच खानेकुरा झिक्ने र राख्ने गर्दा उत्पन्नहुन सक्ने गन्ध रहदैन । 

‘कर्ड मस्ट्रो’ रेफ्रिजेनेरेटर नेपाल अधिराज्यभरका सामसङका आधिकारिक बिक्रेताहरु हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी ब्यापार मार्फत अगस्ट २०२० देखि उपलब्ध छ । ‘कर्ड मस्ट्रो’का मोडेलहरु रु. ६३,९९० देखि रु ७८,९९० सम्ममा खरिद गर्न सकिन्छ । 
 

Advertisement

Advertisement